Kathmandu Press

भाेलि विश्व बसोबास दिवस मनाइने

सहरी विकास तथा भवन निर्माण बिभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ गते बिभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व बसोबास दिवस मनाउने जानकारी दिएको हो।
भाेलि विश्व बसोबास दिवस मनाइने

काठमाडाैं, असाेज १४ : विश्व बसोबास दिवस यस वर्ष समृद्धि एवं पूनर्लाभयुक्त शहर : उत्थानशील अर्थतन्त्रको आधार भन्ने नाराका साथ मनाइने भएको छ।

सहरी विकास तथा भवन निर्माण बिभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ गते विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व बसोबास दिवस मनाउने जानकारी दिएको हो।

Hardik ivf

हरेक बर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा सोमबार बिभाग र युनएन ह्याविट्याटको संयुक्त आयोजनामा कार्यशाला गोष्टिको आयोजना गरिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक सहसचिव दिलीप भण्डारीले जानकारी दिए।

उनले अहिलेको परिस्थितिमा शहरहरुलाई आर्थिक अवसरको केन्द्रको रुपमा बिकास गरि आत्मनिर्भर शहरी बिकासमा जोड दिन जरुरी रहेको बताए। भण्डारीले २०९० सम्ममा स्थानीय पूर्वाधार तयार गर्ने कार्यक्रममा ५ प्रतिशतमात्रै लगानी भएकाले निजी क्षेत्रको पनि सहभागिता आवश्यकता देखिएको बताए।

शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौति तथा तीव्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्