Kathmandu Press

अभिनेता अनमोल केसीलाई काठमाडौं जिल्ला अदालत लगिने

अभिनेता अनमोल केसीलाई काठमाडौं जिल्ला अदालत लगिने

काठमाडौं, असोज १४ : प्रहरी हिरासतमा रहेका अभिनेता अनमोल केसीलाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा आज उपस्थित गराउँदैछ। अनमाेललाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो।

आपराधिक विश्वासघात गरेको आरोपमा सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले अभिनेता केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो। पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भएका थिए।

देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिए पनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने प्रहरीले बताएकाे छ। तर केसीका वकिल परशुराम कोइरालाले उच्च अदालतको आदेश आइसकेकाले हिरासतमा राख्न उचित नभएको बताएका छन्।

रावायण फिल्मका निर्माताले अभिनेता अनमाेलले १० लाख रुपैयाँ लिएर पनि फिल्म खेल्न नमानेको आरोप लगाए पनि केसीले आफूले पैसा लिए पनि लिखित सहमति नगरेको बताएका छन्।

प्रकाशित मिति: १२:५६ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्