नायब सुब्बा कटुवाल र खरिदार अधिकारी घुससहित पक्राउ
अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट पक्राउ गरेको हो।
काठमाडौं, असोज १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई डेढ लाख रुपियाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।
अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट पक्राउ गरेको हो।
सेवाग्राहीसँग रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उक्त घुस रकम लिइएको थियो। उनीहरुमाथि हिरासतमा राखेर छानबिन भइरहेको छ ।
प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार