Kathmandu Press

दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ

पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको प्रहरीले जनाएको छ।
दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ

काठमाडौं, असोज १२ : वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको प्रहरीले जनाएको छ।

निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि तीन लाख पाँच हजार लाग्ने एवं दुबई पुगेपछि वाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक–पटक गरी जम्मा तीन लाख रकम लिई ठगी गरेका थिए।

भट्टराईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, असोज १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्