एसियन गेम्समा नेपाली पब्जी टिम सेमिफाइनलमा
सुविनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिम शुक्रबार ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सीमा दोस्रो भयो।
काठमाडाैं, असाेज १२ : चीनको हान्झाउमा जारी १९औं एसियन गेम्समा नेपाली पब्जी टिम सेमिफाइनलमा पुगेको छ। शुक्राबार हाङझाउमा भएको क्वाटरफाइनलमा समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
सुविनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिम शुक्रबार ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सीमा दोस्रो भयो।
यो समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ। प्यालेस्टाइन र साउदी अरेबिया भने बाहिरिए।
यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो । तर दोस्रो हुनेमध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो।
नेपाल र हङकङसँगै दक्षिण कोरिया, थाइल्यान्ड, चीन, चाइनिज ताइपेई, जापान र इन्डोनेसियाले पनि सेमिफाइनलमा स्थान बनाएका छन्।
पब्जीमा सेमिफाइनलमा ८ टिम पुग्ने छन्। जसलाई ४–४ टिमको दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष दुई टिम फाइनलमा पुग्ने छन्। फाइनल पुगेका मध्ये शीर्ष तीन टिमले पदक जित्ने छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










