एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा

काठमाडौँ, असोज १२ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ ।
सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सहअध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो ।
हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौयानेको दाबी छ। तर सहज रुपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानले यही असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गर्नुभएको छ।
हमालले भने निर्वाचित कार्यसमितिमाथि केही व्यक्तिको बहकावमा लागेर भ्रम फिँजाइएको र कुनै आन्तरिक सहमति भएको भए विधिवत रूपमा प्रस्ताव पेस गर्न आग्रह गगरेका छन्। उनले आफूले तीनवर्षे कार्यकालका लागि सपथ लिएकाले विधान र स्थापित मूल्य मान्यताबमोजिम काम गर्ने बताए।












