Kathmandu Press

सिद्धपोखरीमा भक्तजनको घुइँचो

इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीलाई बाजागाजा सहित इन्द्रदह पु¥याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगबलि चढाउन रातभर त्यही परम्परा छ।
सिद्धपोखरीमा भक्तजनको घुइँचो

भक्तपुर, असाेज १२ : भाद्र शुल्क पूर्णिमाको अवसरमा शुक्रबार भक्तपुरको तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) मा भक्तजनको घुइँचो लागेको छ। हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्छ।

siddhapokhari mela - frame at 0m40s1695973123.jpg

Hardik ivf

इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीलाई बाजागाजा सहित इन्द्रदह पुर्‍याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगबलि चढाउन रातभर त्यही परम्परा छ।त्यही विधिअनुसार बिहीबार साँझ इन्द्रायणी देवीलाई इन्द्रदह पुर्‍याएइको थियो। शुक्रबार बिहानै इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ।

siddhapokhari mela - frame at 0m4s rehrhrH1695973122.jpg

इन्द्रदहलाई देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रूपमा लिइन्छ। यहाँ स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने विश्वास रहेको स्थानीय गुठियारहरुको भनाइ छ।इन्द्रदहमा वासुकी नागको बसोबास समेत रहेको विश्वास गरिन्छ। त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दाले इन्द्रदहमा तान्त्रिक विधिले वासुकी नागको पूजा गर्छन्। मल्लकालमा गंगा महारानीले इन्द्रायणीको खट जात्रा गर्ने चलन चलाएको मानिन्छ।

siddhapokhari mela - frame at 0m22s1695973122.jpg

siddhapokhari mela - frame at 3m7s WRGwrgREQGEqg1695973121.jpg

प्रकाशित मिति: १३:२४ बजे, शुक्रबार, असोज १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्