Kathmandu Press

जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान

जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान

काठमाडौं, असोज १२ : एसाेसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन्। 

अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव यही असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ११:४६ बजे, शुक्रबार, असोज १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्