Kathmandu Press

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो ।
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

काठमाडौं, असोज ११ : नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ।

लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो ।

Hardik ivf

मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लंघन गरेकाले दुई कम्पनीका तीन हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो,’ उनले भने।

हेलिकोप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एयरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ।

तीन हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २०:३२ बजे, बिहीबार, असोज ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्