नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता
भरतपुर, असोज ११ : पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा आएका उनीहरु देवघाट आएका थिए। नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाको टोली खटिएको थियो।
टोलीले बेपत्ता भएकाको खोजी गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
प्रकाशित मिति: १२:०० बजे, बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई दिनमा ३८ जना पक्राउमंगलबार, मंसिर ११, २०८१
जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’ मा डीएनए इन्टरनेश्नल नेपालमंगलबार, मंसिर ११, २०८१
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१