Kathmandu Press

दोलखाको विगुबाट चार किलो सुनसहित तीन जना पक्राउ

बुधबार साँझ दोलखाको विगु गाउँपालिका–३ जामुनेस्थित सिता तामाङको घरमा लुकाइ राखेको सुनजस्तो देखिने अन्दाजी चार किलो पहेँलो धातु सहित चार जनालाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ।
दोलखाको विगुबाट चार किलो सुनसहित तीन जना पक्राउ

दोलखा, असोज ११ : दोलखा प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ।

बुधबार साँझ दोलखाको विगु गाउँपालिका–३ जामुनेस्थित सिता तामाङको घरमा लुकाइ राखेको सुनजस्तो देखिने अन्दाजी चार किलो पहेँलो धातु सहित चार जनालाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ।

सो घरमा सुन लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटिएको प्रहरीले खान तलासी गर्दा सुन जस्तो देखिने पहेँलो धातु चार केजी बरामद गरेको प्रहरीले जनाएको छ।

सो धातु ओसार पसारमा संलग्न शंकास्पद व्यक्ति विगु गाउँपालिका–३ का १८ वर्षीय पेम्बा तामाङ, २८ वर्षीय केशर तामाङ र विगु–१ का २० वर्षीय ाधव मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीले जानकारी दिएको छ।

प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डमा टोली खटिएको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्