मणिपुरमा फेरि लगाइयो कर्फ्यु
गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ।1695879950.jpg)
नयाँ दिल्ली, असोज ११ : भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ।
गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ।
स्थिति थप भड्किन नदिन इम्फालमा बुधबार रातिदेखि नै कर्फ्यु लगाइएको छ। यसअघि गत मेमा मणिपुरमा जातीय हिंसा भड्किए पछि कर्फ्यु लगाइएको थियो।
आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी जलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु गर्न लागिएको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११:२९ बजे, बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-(55)-1765012331.jpg)





-(55)-1765012331.jpg)
-1765004362.jpeg)