Kathmandu Press

काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको पसलमा भेटियाे २९ बोरा म्याद सकिएको चामल, ३ लाख जरिवाना

अनुगमनका क्रममा विभागको टोलीले पनौती नगरपालिका ७मा रहेको अध्यक्ष राजेन्द्र पसछेकाे ॐशान्ति पसछे ट्रेडर्सबाट म्याद सकिएको २९ बोरा चामल बरामद गरेको छ।
काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको पसलमा भेटियाे २९ बोरा म्याद सकिएको चामल, ३ लाख जरिवाना

काभ्रे, असोज १० : काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको राजेन्द्र पसछेको पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ।

अनुगमनका क्रममा विभागको टोलीले पनौती नगरपालिका ७मा रहेको ओम श्री पसछे ट्रेडर्सबाट म्याद सकिएको २९ बोरा चामल बरामद गरेको छ।

pp1695827080.jpg

विभागको टोली बरादम गरेको म्याद सकिएको चालम नस्ट गर्दै ओम श्री पसछे ट्रेडर्सलाई ३ लाख रुपैयाँ जरिवाना गरेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनले ट्रेडर्सबाट ६७ हजार बराबरको म्याद सकिएको चामल बरामद गरिएको बताए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले चाडवाडलाई लक्षित गर्दै बजार अनुमगन गरिरहेको छ।

 

 

प्रकाशित मिति: २०:३७ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्