Kathmandu Press

नेपाली सेनाद्बारा सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर संकलन

‘सन् २०१९ देखि सुरु भएको हिमाल सफाइ अभियानअन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको छ । सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहर संकलन गरिएको छ,’ उनले भने।
नेपाली सेनाद्बारा सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर संकलन

काठमाडौं, असोज १० : नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर संकलन गरिएको छ।

नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा उक्त फोहर सङकलन गरेको हो।

Hardik ivf

 विश्व पर्यटन दिवसको अवसरमा ‘साथसाथै’ आज आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनमा हिमाल सरसफाइ अभियानबारे  प्रस्तुतीकरण गर्दै नेपाल सेनाको हिमाल सरसफाइ अभियानका निर्देशकसमेत रहेका सहायक रथी सुन्दरकुमार पाण्डेले सगरमाथासहितका १० हिमालबाट एक सय आठ टन फोहर संकलन गरिएको जानकारी दिए।

‘सन् २०१९ देखि सुरु भएको हिमाल सफाइ अभियानअन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको छ । सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहर संकलन गरिएको छ,’ उनले भने।

‘भावी पुस्ताका लागि हिमाल सफा राखौँ’ भन्ने मूल नारासहित सुरु भएको हिमाल सफाइ अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने उनले बताए। उनले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेले गरेको सहयोगको प्रशंसा गरे।

सहायक रथी पाण्डेले हिमाल सफाइको अवधारणा कुनै एक ठाउँ सफा बनाउने मात्र नभई मानव सभ्यतासँग जोडिएको कुरा भएकाले यो वार्षिकरूपमा चलिरहेको बताए।

प्रकाशित मिति: २०:१२ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्