Kathmandu Press

शेयर बजार केही सच्चियो, तीन अर्ब ४१ करोड बढीको कारोबार

काठमाडौं, फागुन १२ : नेप्से परिसूचक १ दशमलव ९६ अंकले घटेर भएर १५०२ दशमलव १८ को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार ० दशमलव १३ प्रतिशतले ....

शेयर बजार केही सच्चियो, तीन अर्ब ४१ करोड बढीको कारोबार

काठमाडौं, फागुन १२ : नेप्से परिसूचक १ दशमलव ९६ अंकले घटेर भएर १५०२ दशमलव १८ को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार ० दशमलव १३ प्रतिशतले घटेकोे छ। १५०७  दशमलव ९८ को विन्दुमा खुलेको दोस्रो बजार १५३६ दशमलव ८४ को उच्च विन्दुसम्म पुगेको थियो। सोमबार बजारको न्यून विन्दु १४९९ दशमलव ०४ रहँदा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आजको बजार अवस्था

Hardik ivf

आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको २० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आज सर्वाधिक कमाउने र गुमाउने
आज कालिका लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने गुह्यश्वरी फाइनान्सका शेयरधनीले सर्वाधिक ७ दशमलव ५३ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले ‘सुटिङ्ग स्टार’ को आकृति बनाएको छ। यसले बजारको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेनलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) हरुले बजारमा क्रेताको चाप कमजोर हँुदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४० दशमलव ७६ अंकमा रहेको छ। यसको प्रवृत्तिले पनि क्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ।

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र हेर्दा यदि बजार १५१० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने देखिन्छ। र, अर्को तत्कालीन सामान्य प्रतिरोध १५२० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १४९८ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ।
 

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, फागुन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्