Kathmandu Press

चाडपर्वमा हुने महँगी अनुगमन गरौं : मोदी

चाडपर्वमा हुने महँगी अनुगमन गरौं : मोदी

काठमाडौं, असाेज १० : सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले बैठक चाड पर्वका बेला विभिन्न खाद्यमा बढ्ने महङ्गीको अनुगमनका लागि उपसमिति बनाउन सुझाव दिएका छन्। 

बुधबार बसेको संघीय संसद, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको  बाह्रौं बैठकमा बोल्दै उनले सम्बन्धित निकायलाई बोलाएर के कारणले महङगी बढ्यो कि भ्रष्टाचार भयो भनी अनुसन्धान गर्नका लागि उप समिति बनाउन सुझाव दिएका हुन्। 

Hardik ivf

उनले भने, ‘अहिले चाड पर्व आएको बेला विभिन्न खाद्यसँग सम्बन्धित कुरामा एउटा उपसमिति बनाएर अनुगमन गर्रौं। सम्बन्धित निकायलाई बोलाएर के केति कामले महङगी बढ्यो कि भ्रष्टाचार भयो अनुसन्धान गरौं।’ 

आन्दोलनमा रहेका डाक्टरहरुको घटनालाई पनि अनुसन्धानको लागि उपसमिति बनाउन आवश्यक रहेको उनको भनाई छ। 

उनले भने, ‘डाक्टरहरु आन्दोलनमा हुनुहुन्छ। उहाँहरूमाथि किन कुटपिट भयो ? लापरवाही हो कि ? डाक्टरहरूले नहेरेर या हेर्दाहेर्दै घटना भएर कुटपिट भएको हो भन्ने अध्ययन गर्न उपसमिति बनाएर काम गरौं।’
 

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्