Kathmandu Press

दसैँमा किन कृत्रिम अभाव हुन्छ, निगरानी गरौं : बाँस्कोटा

दसैँमा किन कृत्रिम अभाव हुन्छ, निगरानी गरौं : बाँस्कोटा

काठमाडौं, असाेज १० : सार्वजनिक लेखा समितिका सदस्य गोकुल बाँस्कोटाले दसैँका बेलामा धेरै वस्तुहरुको कृत्तिम अभाव हुने भएकाले निगरानी गर्नुपर्ने बताएका छन्।

बुधबार सार्वजनकि लेखा समितिको बैठकमा उनले पर्वका बेला हुने अभाव वास्तविक हो कि होइन भन्नेमा ध्यान दिनुपर्ने बताए।

‘पर्वमा हामीलाई चाहिने चिनी करिब २ लाख ४० हजार मेट्रिक टन हो। तर समस्या केमा छ भने हाम्रो देशको चिनी उत्पादक पनि उही, आयातकर्ता पनि उही र सहुलियत लिने पनि उही हुन्छ। यो कुरा सिन्डीकेट छ। त्यो सिन्डिकेट कसरी तोड्न सकिन्छ। राज्यले के पहल गर्छ। यो आजसम्म नसल्टेको विषय हो,’ बास्कोटाले भने।
 

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्