Kathmandu Press

भुटानलाई हराउँदै पाकिस्तान यू–१९ साफको फाइनलमा

धबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो।
भुटानलाई हराउँदै पाकिस्तान यू–१९ साफको फाइनलमा

काठमाडौं, असोज १० : पाकिस्तान यू–१९ साफ च्याम्पिपयनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो। सुरुका ५ पेनाल्टीमा दुवै टिमले सबै गोल गरेका थिए।

Hardik ivf

भुटानको छैठौं पेनाल्टी पाकिस्तानका गोलकिपरले बताएका थिए भने पाकिस्तानका लागि छैठौं पेनाल्टी कमिल अहमद खानले सहजै गोलमा परिणत गरे।

यो सँगै पाकिस्तान यू–१९ साफको पहिलो सहभागीतामै फाइनल पुग्न सफल भयो। अब उसले उपाधिका लागि आजै हुने नेपाल र भारतबीचको विजेतासँग खेल्ने छ।

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्