Kathmandu Press

‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन २०८०’ आयोजना हुँदै 

‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन २०८०’ आयोजना हुँदै 

काठमाडौं, असाेज १० : सूचनाको हकका लागि राष्ट्रिय महासंघले ‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन २०८०’ को आयोजना गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै महासंघले ‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन २०८०’ आयोजना गर्न लागेको जानकारी दिएको हो। 

सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले नेपालको संविधानको धारा २७ सूचनाको हक सम्बन्धी ऐन २०६४, नियमावली २०६५ कार्यविधि एवं निर्देशिका समेत स्थापित हुँदा पनि तीनै तहको सरकारले यो विषयलाई आफ्नो बजेट नीति तथा कार्यक्रममा प्राथमिकतामा नपारिएको बताए। उनले सूचनाको हकका लागि राष्ट्रिय महासंघले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पु¥याउन र देशभर यसको महत्व र आवश्यकता महसुस गराई आमजनताले समेत सूचना माग्ने वातावरण बनाउन सम्मलेन गर्न लागेको बताए। 

Hardik ivf

महासंघले आयोजना गर्न लागेको यो पहिलो राष्ट्रिय सम्मेलन २०८० ले सूचनाको हकको क्षेत्रमा कृयाशिल ७७ वटै जिल्लाका अभियानकर्मीहरूलाई हौशला प्रदान गर्ने र यो अभियानले अझै उचाई लिने विश्वास लिएको उनको भनाइ छ। यो सम्मेलन असोज १ गतेदेखि हुँदैछ। पहिलो दिन सम्मेलनका क्रममा तीन फरकफरक विषयमा प्यानल छलफल आयोजना गरिँदै छ। 

दोस्रो दिन महासंघले आफ्ना नीति, रणनीति विधानमा रहेका व्यवस्थाहरूलाई वृहत रुपमा छलफल गरी रणनीतिक योजना बनाउने छ भने ७७ जिल्ला र प्रदेशबाट आएका प्रतिनिधिको सहभागिता रहेको बन्दसत्रले महासंघको केन्द्रिय समितिलाई पूर्णता दिनेछ।
 

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्