Kathmandu Press

विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयाे विश्व पर्यटन दिवस

ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ललितपुर महानगरपालिकाले विशेष समारोहको आयोजना गरेको थियो।
विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयाे विश्व पर्यटन दिवस

काठमाडाैं, असाेज १० : विश्व पर्यटन दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। 'पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ बुधबार नेपालमा विश्व पर्यटन दिवस मनाइएको हो। दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका हुन्।

paryetan divas - frame at 0m42s gntnt1695803272.jpg

त्यसलगतै ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ललितपुर महानगरपालिकाले विशेष समारोहको आयोजना गरेको थियो।कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले नेपालको मौलिक संस्कृतिमार्फत पर्यटनलाई आकर्षित गर्नुपर्ने बताए। उनले हवाई क्षेत्रको विस्तार गरेर पर्यटनलाई सहज रुपमा आवागमनको व्यवस्था गर्नुपर्ने धारणा राखे।

Hardik ivf

paryetan divas - frame at 5m19s tenrtqhr5h1695803231.jpg

 

धेरैभन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेको भन्दै उनले पारदर्शी ढंगले खरिद प्रक्रिया अघि बढाउने जानकारी दिए। त्यस्तै मन्त्री किरातीले पर्यटनसम्बन्धी कानूनलाई पनि समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने उल्लेख गरे। कार्यक्रममा कार्यक्रममा पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थाका साथै पर्यटकहरुलाई सम्मान गरिएको थियो। 

paryetan divas - frame at 0m3s1695803234.jpg

 

paryetan divas - frame at 5m22s trtqhr5h5h1695803231.jpg

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्