Kathmandu Press

‘आँखा उपचारमा सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण’

नेपाल नेत्रज्योति संघ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनलेसरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताएका हुन्।
‘आँखा उपचारमा सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण’

चितवन, असोज १० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

नेपाल नेत्रज्योति संघ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनलेसरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताएका हुन्।

Hardik ivf

मन्त्री बस्नेतले राजधानी बाहिर आँखाको उपचारमा देशले हेर्नलायक र बिरामीले सुविधा पाउने खालको अस्पताल भरतपुरमा स्थापना गरेको भन्दै यसलाई अझै विस्तार गर्न आग्रह गरे। उनले भने, '७७ जिल्लामा आँखाको क्षेत्रमा राजधानी बाहिरको देशले हेर्नलायक, बिरामीले सुविधा पाउने खालको अस्पतालका रूपमा यो अस्पताल स्थापित गर्नुभएको छ।'

उनले थपे, 'आफ्नै मेहनत र परिश्रमले भएको यो प्रगतिमा सरकारको ध्यान जान्छ।' आँखा उपचार सेवालाई विस्तार गर्न आग्रह गर्दै उनलेसरकारको तर्फबाट प्रक्रियागत रूपमा सहयोग गर्न आफू तयार रहेको बताए।

अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा समस्या भएको भन्ने गुनासोप्रति सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र लालपुर्जा धनीका तर्फबाट कुनै अवरोध नभएकाले यो समस्याको समाधान हुनेमा ढुक्क रहन आग्रह गरे। उनले भने, 'लालपुर्जाको विषय मन्त्रालयमा छलफल चलाउँछु, प्रधानमन्त्रीसमक्ष पनि राख्छु।'

सो अवसरमा सङ्घका केन्द्रीय सदस्य चिजकुमार मास्के, जिल्ला सभापति जयराम श्रेष्ठ, सचिव केशव अधिकारी र अस्पताल प्रशासक दयाशङ्कर चौधरीले अस्पतालका गतिविधि र समस्याका बारेमा जानकारी गराएका थिए।

प्रकाशित मिति: १२:३२ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्