Kathmandu Press

रोशी गाउँपालिकाको बार्षिक प्रगती समिक्षा सम्पन्न

गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सोमबार गाउँपालिकाको सभाहलमा समिक्षा सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले जनप्रतिनिधि र कर्मचारीले आ-आफ्नो दायित्व सहि तरिकाले सहि समयमा पूरा गर्न सके समृद्धि आउने बताए ।
रोशी गाउँपालिकाको बार्षिक प्रगती समिक्षा सम्पन्न

काठमाडौं, असोज १० : काभ्रे जिल्लाको रोशी गाउँपालिकाले गत आर्थिक बर्षको बार्षिक प्रगती समिक्षा सम्पन्न गरेको छ । गत आर्थिक बर्षको प्रगती समिक्षा गरेर आगामी कार्ययोजना तयार पार्नको लागि समिक्षा कार्यक्रम राखेको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सोमबार गाउँपालिकाको सभाहलमा समिक्षा सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले जनप्रतिनिधि र कर्मचारीले आ-आफ्नो दायित्व सहि तरिकाले सहि समयमा पूरा गर्न सके समृद्धि आउने बताए ।

जनप्रतिनिधि र कर्मचारी एक आपसमा मिलेर कार्यसम्पादन गर्नुपर्ने बताए । रोशीको विकास र समृद्धिको लागि कर्मचारी र जनप्रतिनिधि दुवै जोडदार लाग्नु पर्ने लामाको भनाई छ ।

Hardik ivf

गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले गाउँपालिका विकासका लागि यो कार्यक्रमले टेवा पुग्ने बताए । जनप्रतिनिधि र कर्मचारी दुवैले गुनासोरहित काम गर्नुपर्ने उनको भनाई छ । समृद्ध रोशी निर्माणको लागि आयोजनाहरूको अनुगमन कडाईका साथ गर्ने वाईबाले प्रतिवद्धता जनाएका छन् ।

नेपालमै पहिलोपटक कर्मचारीले नै मध्यमकालिन खर्च संरचना तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए । यसले गर्दा लिजा र फ्ल्यापले गर्ने मूल्यांकनमा १० दखि १५ अंक बृद्धि हुने उनको भनाई छ । 

पहिला पहिला बजेट नीति तथा कार्यक्रममा मात्र समिक्षा हुने गरेकोमा यस बर्षदेखि गैरबजेट शाखाको पनि प्रगति प्रतिवेदनको समिक्षा गरेर नयाँपन दिएको तामाङले बताए । यो कार्यक्रमले कमजोरीहरूलाई सुधारेर आगामी बर्षको कार्यसम्पादन चुस्त र दुरुस्त पार्नलाई मद्धत पुग्ने उनको भनाई छ ।

आर्थिक बर्ष २०७९,०८० मा रोशी गाउँपालिकारवडा कार्यालय मार्फत सम्बन्धित क्रियाकलापहरूको बार्षिक प्रगती समिक्षा २०८० मा गाउँपालिकाका सबै शाखाहरूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रोजेक्टरको माध्यामबाट स्वास्थ्य शाखाको प्रगति प्रतिवेदन शाखा प्रमुख गंगालाल श्रेष्ठले प्रस्तुत गरेका थिए । शाखा मार्फत सञ्चालित १५ वटा स्वास्थ्य संस्थाबाट २७ हजार ५ सय ४४ जनालाई सेवा प्रदान गरेको जनाएको छ । 

शिक्षा तथा खेलकूद शाखाको राजेन्द्र सिग्देलले ९३ दशमलव २४ प्रतशित आर्थिक प्रगति गरेको बताए । त्यस्तै सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको प्रतिवेदन फिल्ड सहायक सिता श्रेष्ठले प्रस्तुत गरेकी थिईन् । 

पशुपञ्छि विकास शाखाको रघुनी साह, कृषि विकास शाखाको समिता तामाङ, रोजगार सेवा शाखाका चन्द्रकुमार पाख्रिङले, पूर्वाधार विकास शाखाले भूपेन्द्र अधिकारीले, नापी शाखाकाको महेश काफ्लेले, आयुर्वेद शाखाको सविता गौतमले, न्ययिक तथा कानुन शाखाको वेवी डेजी गुप्ताले, उद्यम विकास शाखाको मनिषा मोक्तानले, मपहला वालवालिका तथा जेष्ठ नागरिक शाखाको रञ्जना चौलागाईले, लेखा तथा आर्थिक प्रशासन शाखाको पेमा नाम्गेल लामाले, आन्तरिक लेखा परिक्षण शाखाको चन्दावती श्रेष्ठले, प्रशासन तथा सूचना प्रविधि शाखाको प्रकाश पौडेलले र जलस्रोत तथा जिन्सी शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समिक्षामा १२ वटै वडाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा सचिवहरूले आ-आफ्नो वडाको प्रगति प्रतिवेदन प्रोजेक्टरको माध्यामबाट प्रस्तुत गरेका थिए । योजना शाखाका प्रमुख राम लामाले सञ्चालन गरेको सो कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष धनजीत लामा र वडा नं. २ का वडाध्यक्ष हस्तमान लामाले सुझाव राखेका थिए ।

प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, असोज १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्