राउटेलाई दसैं खर्च प्रदान
तुलसीपुर (दाङ), असोज ९ : लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ। मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो।
अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च वापत रु २५ हजार उपलब्ध गराएका हून्। सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो।
उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन्। केहीदिनदेखि उनीहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गइ दशैँ खर्च माग्दै आएका थिए।
प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रविको थुनछेक बहस जारी, रविका २ वकिलले सके बहसबुधबार, माघ २, २०८१
राजमार्ग निर्माणमा ढिलाइ गरिएको भन्दै स्थानीयद्वारा मिर्चैयामा सडक अवरुद्धबुधबार, माघ २, २०८१
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओलीबुधबार, माघ २, २०८१