Kathmandu Press

दासका भिजन नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : मन्त्री महतो

दासका भिजन नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : मन्त्री महतो

काठमाडौं, असाेज ९ : वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले डा. गौरीशङ्कर लाल दासको भिजनलाई सिकेर आउने पुस्तामा कसरी हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले दासले गरेको काम दिएको उपदेश र भिजनलाई आत्मासाथ गर्दै आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए। 

Hardik ivf

उनले भने, ‘उहाँले जुन उपदेश दिनुभएको छ। उहाँको जुन भिजन छ, त्यसबाट हामीले सिकेको कुराहरूलाई अब आउने पुस्तामा कसरी हस्तान्तरण गर्ने सोच्नुपर्छ।’ उनले दासको देशप्रतिको योगदान अतुलनीय रहेको बताए। 
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शत पुरुषलाई १०० वर्षको जन्मदिनको उपलक्ष्यमा शुभकामना दिन पाउनु अत्यन्तै गौरवको क्षण भएको बताए।

उनले भने, ‘शत पुरुषलाई १०० वर्षको जन्मदिनको उपलक्ष्यमा शुभकामना दिन पाउनु अत्यन्तै गौरवको क्षण हो, म उहाँप्रति सम्मान व्यक्त गर्न चाहन्छु।’
 

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, असोज ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्