प्रेम चलाउनेको मुद्दामा घाउ जाँच बुझ्ने आदेश
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको इजलासले मंगलबार उक्त आदेश दिएको हो। यो आदेशपछि चलाउने प्रकरणको मुद्दा लम्बिएको छ। अन्तिम समयमा आएर फेरि प्रमाण बुझ्ने आदेश भएको छ।
काठमाडौं, असोज ९ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेका आक्रमणकारीविरुद्धको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा घाउ जाँच गर्ने चिकित्सकसँग बुझ्ने आदेश भएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको इजलासले मंगलबार उक्त आदेश दिएको हो। यो आदेशपछि चलाउने प्रकरणको मुद्दा लम्बिएको छ। अन्तिम समयमा आएर फेरि प्रमाण बुझ्ने आदेश भएको छ।
उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। मुद्दामा दुबै तर्फको सुनुवाई सकिएको छ। चलाउनेविरुद्ध ०७७ असोज २० गते आक्रमण भएको थियो।
सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत प्रक्रिया रोकिएको थियो।
प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार