संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठनका केही पदाधिकारीद्वारा छैटाैं अधिवेशन अस्वीकार

काठमाडौं, साउन ९ : संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालका पदाधिकारीहरुले संस्थाको छैठौं महाविधेशन अवैधानिक रहेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आज भइरहेको महाधिवेशन अवैधानिक रहेको भन्दै त्यसलाई नमान्ने घोषणा गरेका हुन्।
संगठनका महासचिव तिलबहादुर उप्रेती केसीले आफूहरुलाई जानकारी नै नदिई महाधिवेशन गराएको बताए। अध्यक्ष पूर्व कर्नेल धनबहादुर थापाले संस्थाको बैठक नै नराखेको, बैठकको पुस्तिका कार्यालयमा नराखी गायब बनाएको, संस्थाका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र पदाधिकारीलाईसमेत जानकारी नदिई महाधिवेशन सञ्चालन गरेको उनको आरोप छ।
आफूहरुले अधिवेशन स्थगित गरी बैठक बसौं भन्दा धम्कीपूर्ण शब्द प्रयोग गरेको उनको आरोप छ। संगठनको विधानले संस्थालाई राजनीतिक मुक्त र विशुद्ध सेवा भावले प्रेरित हुन पर्ने व्यवस्था गरेपनि अध्यक्ष स्वयमले जय जन्मभूमि पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराई राजनीतिमा गरेको उनीहरुको आरोप छ। उनीहरुले अध्यक्ष थापामाथि आफूखुसीले पदाधिकारी वा सदस्यको राजीनामा स्वीकृत वा बर्खास्त गर्ने गरेको समेत आरोपसमेत लगाएका छन्।
अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघ केन्द्रीयका अध्यक्ष भेषशंकर पुरीले संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालका अध्यक्ष धनबहादुर थापाले विधि र विधान नमानेर मनोमानी ढंगले काम गरेको अरोप लगाए। आफ्नो संस्था संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालबाट अलग भएको पनि उनले बताए। उनले संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालबाट आफ्नो संस्था अलग भएको जानकारीका लागि पत्रसमेत हिजो नै पठाइएको उनले बताए।
नेपाली सेनाका पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले आफू यो संस्थामा आवद्ध नभएको स्पष्ट पारे। यो संगठन क देखि ज्ञ सम्म भारतीय दुतावासको आदेशमा चल्ने गरेको उनको आरोप छ। कर्नेल थापाले नेतृत्व गरेको संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालका गतिविधि र कार्यक्र नेपाल विरोधी रहेको उनले बताए।



-1764249808.png)





-1764249808.png)

-1764246801.jpg)
