Kathmandu Press

काठमाडौं महानगर र ईःकाे टाेलीबीच वार्ता हुँदै

काठमाडौं महानगर र ईःकाे टाेलीबीच वार्ता हुँदै

काठमाडौं, असोज ९ : राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईःसँग काठमाडौं महानगरपालिकाले वार्ता गर्ने भएको छ।

आज दिउँसो साढे २ बजेतिर वार्ता हुने बताइएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाइएको छ।  सो टोलीमा दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्नेछन्।

आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहित कानुन विज्ञ, सहरी विकास विज्ञसहित ४ जनाको टोली हुनेछ।

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायत विभिन्न माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिएर विरोध जनाउँदै आइरहेका छन्। 

सोमबार मेयर बालेनले वार्ताका लागि भन्दै बोलाउन नगर प्रहरी पठाए पनि  ईःले एक्कासि आएर धम्कीको शैलीमा एक्लै बोलाएको भन्दै जान मानेनन्। 

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्