अभियान्ताहरू संवादमा नआएपछि बालेनले भने– राजनीतिक स्वार्थ देखियो

काठमाडौं, असोज ८ : प्रदर्शनमा उत्रिएका अभियान्ताहरू संवादका लागि नआएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उनीहरुमा राजनीतिक स्वार्थ देखिएको बताएका छन्।
मेयर बालेनले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा राजनीतिक स्वार्थ जोडिएकाले संवादमा नआएको फेसबुकमा लेखेका छन्। ‘उहाँहरुको कुरा सुनौं भन्दा अभियान्ताहरु आउन खोज्नु भएन, के वार्ता हामीले उहाँहरूको नेतासँग गनुपर्ने हो ?’ बालेनले प्रश्न गरेका छन्।
अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलनरत छन्।
‘विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर बार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौंभन्दा अभियनताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,’ उनले लेखेका छन् छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने?’
तर, राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरुले भने आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको बताएका छन्।
‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए,Ú मेयर बालेनको स्टाटसमा जवाफ दिँदै अभियन्ता ईः ले भनेका छन्, …हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए– त्यसोभए मेयरले भेट्दैन।’
चुनावी वाचा विपरित मेयर बालेन शाह विकल्प विना सडकमा व्यवसाय गरेर दैनिक गुजारा चलाउनेहरुलाई विस्तापित गरेको भन्दै अभियान्ताहरु मंगलबार १ बजेदेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् ।












