Kathmandu Press

डा. देवीप्रसाद सुवेदीको ‘मनु’लाई पद्मश्री पुरकास्कार

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार दिने निर्णय गरेको हो।
डा. देवीप्रसाद सुवेदीको ‘मनु’लाई पद्मश्री पुरकास्कार

काठमाडाैं, असाेज ८ : डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई २०७९ सालको पद्मश्री साहित्य पुरस्कार दिइने भएको छ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार दिने निर्णय गरेको हो। प्रतिष्ठानले मनुलाई १८० पुस्तकमध्येबाट  पद्मश्री साहित्य पुरस्कारका लागि छानेको हो।

Hardik ivf

यस्तै, प्रतिष्ठानले पद्मश्री साधना सम्मानबाट चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई सम्मान गर्ने भएको छ भने पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिइने प्रतिष्ठानले जनाएको छ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको रााशि तीन लाख रुपैयाँ छ।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, असोज ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्