Kathmandu Press

पठाओको ५ वर्षे यात्रा : १३१ राइडर सम्मानित, दसैं महोत्सवको घोषणा

आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा सेप्टेम्बर २४ (आइतबार) मा उत्कृष्ट चालकहरूलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले यस्तो घोषणा गरेका हुन् ।
पठाओको ५ वर्षे यात्रा : १३१ राइडर सम्मानित, दसैं महोत्सवको घोषणा

काठमाडौं, असोज ८ : पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍ (फुड डेलिभरी पर्सन) का लागि पठाओ बेनिफिट प्रोग्राम सुरू गरेको छ । 

आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा सेप्टेम्बर २४ (आइतबार) मा उत्कृष्ट चालकहरूलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले यस्तो घोषणा गरेका हुन् ।

पठाओको सुरूवाती दिनदेखि हालसम्म राइड गरेका १३१ उत्कृष्ट  चालक तथा पठाओ हिरोहरू छनोट भइ छुट्टाछुटै क्याटागोरीमा सम्मानित  भएका छन् ।

Hardik ivf

कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक बस्न्यातले एक व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज बनाउनका लागि एउटा शहरबाट सुरू गरिएको पठाओ अहिले विभिन्न शहरमा जाने क्रममा रहेको बताए । उनले भने, अब चाँडै अर्को ५, ६ वटा शहरमा जाँदै छौँ ।

उनले पठाओले मुलुकको कुल जिडीपीमा पनि राम्रो योगदान गरिरहेको सुनाए ।

कम्पनीका अनुसार पठाओ चालकहरूलाई उनीहरूले अहिलेसम्म लिएका राइडका आधारमा डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा वर्गीकरण गरि सम्मान गरिएको हो ।

साथै राइडरहरूका लागि दुर्घटना भत्ताको समेत व्यवस्था गरिएको छ । दुर्घटना भई उपचारपछि वेड रेस्टमा बस्नुपरेको अवस्थामा कमाइ नहुने हुँदा कम्पनीको  डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा परेका राइडरहरूलाई १० हजारदेखि ३० हजार रुपैयाँसम्म दुर्घटना भत्ता प्रदान गरिने कम्पनीले जनाएको हो ।

यस्तै केही तोकिएका अस्पताल, रेस्टुरेन्ट र वर्कशपहरूमा आकर्षक छुटहरू पाउने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । क्याटागोरी अनुसार स्कुल फी स्पोन्सरशीप, मोबाइल डाटा प्याकेज, मासिक क्वेस्टहरू पनि रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम पठाओसँग आवद्ध भएर लामो समय मेहनतका साथ काम गर्ने काठमाडौँ उपत्यकाभित्रका राइडर, क्याप्टेन र पठाओ हिरोहरूका लागि सहुलियत स्वरुप कम्पनीका तर्फबाट उपहार भएको थापाले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा  आयोजित कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्न्यातले असोज ८ गतेदेखि पठाओ दसैं महोत्सव सुरू गर्ने घोषणा गरे । यस महोत्सव अन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसन समेत घटाउने भएको छ ।
 

प्रकाशित मिति: ०८:१४ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्