लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा ओली नियुक्त
रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका–६ मा जन्मिएका ओलीले हालसालै चीनको वेइजिङ स्थित युनिभर्सिटी अफ इन्टरनेशनल विजनेस एण्ड इकोनोमिक्समा विधावारिधी गरेका थिए ।
काठमाडौं, असोज ८ : लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा डा. सुदन कुमार ओली नियुक्त भएका छन् ।
ओलीलाई गत शुक्रबार सदस्यमा नियुक्त गरिएको हो । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका–६ मा जन्मिएका ओलीले हालसालै चीनको वेइजिङ स्थित युनिभर्सिटी अफ इन्टरनेशनल विजनेस एण्ड इकोनोमिक्समा विधावारिधी गरेका थिए ।
आर्थिक क्षेत्रमाबिज्ञ रहेका चासो ओलीले विभिन्न सञ्चारमाध्यममा अर्थ सम्बन्धी बिचारहरु लेख्ने गरेका छन् । उनले सदस्य पदमा नियुक्ति पाएसँगै सार्वजनिक नितीको अध्ययन र अभ्यासमा प्रवेश गरेको भन्दै मूल्यमा आधारित ग्रामिण आर्थिक विकास र रोजगारी सृजनामा विशेष जोड रहने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति: ०७:५६ बजे, सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












