Kathmandu Press

माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

काठमाडौं, असाेज ७ : माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बैतडी जिल्ला दशरथचन्द न.पा वडा नं. ०४ स्थाई घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १६ भैसिपाटी बस्ने वर्ष ३५ को रमेश बडु रहेको छन्। 

उनले  कुम्भराज जोशी समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु,भनी सात लाख पचाँस हजार रुपैयाँ गठी गरेका हुन्। 

रकम लिई सम्पर्क विहीन रहेका उनलाई प्रहरीले  किर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जानकारी दिएको छ।
 

प्रकाशित मिति: १७:३९ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्