Kathmandu Press

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुरा स्थित भगवती टोल बस्ने ३९ वर्षीय टेक बहादुर हमाल रहेका छन् । 
खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

काठमाडाैं, असाेज ७ : खुकुरी प्रहार गरी तुलसीपुर उपमहानगरपालिका –११  बेलटाकुरा स्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुरा स्थित भगवती टोल बस्ने ३९ वर्षीय टेक बहादुर हमाल रहेका छन् । 
आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै आमा ६५ वर्षीया कमला कुमारी हमालसमेत घाइते भएका हुन् । 

Hardik ivf

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको प्रहरीले टेक बहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको हो । 

साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा वीर बहादुर उपचार पश्चात डिश्चार्ज भएका छन् भने कमला कुमारीको नर्सिङहोम नेपालगंजमा उपचार भइरहेको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १७:३८ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्