Kathmandu Press

प्रविधिमैत्री पत्रकारिताको अभ्यास आवश्यक : अध्यक्ष पोखरेल

प्रविधिमैत्री पत्रकारिताको अभ्यास आवश्यक : अध्यक्ष पोखरेल

काठमाडौं, असाेज ७ : नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रविधिमैत्री पत्रकारिताको अभ्यास गर्न आवश्यक रहेको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले प्रविधिको प्रयोगसँगै प्रविधिमैत्री पत्रकारिताको अभ्यास अगाडि बढाउन आवश्यक रहेको भन्दै अभ्यास गर्दा आउने जोखिमसँग सचेत रहनुपर्ने बताए। 

Hardik ivf

उनले भने, ‘प्रविधिको विकाससँगै हाम्रा लागि अवसर प्रशस्त छन्। ती अवसरहरुलाई हामी कसरी आत्मसात गर्ने बुझ्नुपर्छ। प्रविधिको प्रयोगसँगै प्रविधिमैत्री पत्रकारिताको अध्यास गर्ने सन्दर्भमा अगाडि बढ्नुपर्छ। र त्यो अभ्यास गर्दै गर्दा आउने जोखिमसँग सचेत हुनुपर्छ।’

विभिन्न प्रविधिको प्रयोगसँगै पत्रकार माथिको आक्रमण र खेदको प्रवृत्ति पनि बढेको उनको भनाइ छ। 
 

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, असोज ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्