Kathmandu Press

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार महेश केसी र शिव सिलवाललाई

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार महेश केसी र शिव सिलवाललाई

काठमाडाैं, असाेज ७ : यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय महेश केसी र शिव सिलवाललाई प्रदान गरिएको छ।

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले आइतबार काठमाडौमा आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०८०’ वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गरिन्।

पुरस्कार बितरण कार्यक्रममा मन्त्री शर्माले पत्रकारिता क्षेत्रमा टिकिरहनका लागि सरकारले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाइरहेको जानकारी दिइन्।

पत्रकार हेम  भण्डारी र क्यामेरा पर्सन सुनील सिहंको २०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियोे। उनीहरूको सम्झना नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले २०६४ सालमा रू. पाँच हजार राशिको पुरस्कार स्थापना गरेको थियो। उक्त पुरस्कारको राशि यस वर्षदेखि रू एक लाख कायम भएको छ। 

प्रकाशित मिति: १६:२० बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्