Kathmandu Press

एसियान गेम्समा ललितको स्थानमा सागरलाई मौका

एसियन गेम्सको तयारी गर्ने क्रममा घाइते भएका स्पिनर ललित राजवंशीको स्थानमा क्यानले सागर ढकाललाई टिममा राखिएकाे हाे।
एसियान गेम्समा ललितको स्थानमा सागरलाई मौका

काठमाडाैं, असाेज ७ : स्पिनर सागर ढकाललाई राष्ट्रिय टिममा बोलाइएको छ। एसियन गेम्सको तयारी गर्ने क्रममा घाइते भएका स्पिनर ललित राजवंशीको स्थानमा क्यानले सागर ढकाललाई टिमका बोलाएको हो।

गत बुधबार कीर्तिपुर मैदानमा अभ्यास गर्ने क्रममा ललितको दायाँ क्लाभिकल फ्याक्चर भएको थियो। उनको अप्रेशन पनि गरिसकिएको छ।

२१ वर्षीय सागरले नेपालका लागि ८ एकदिवसीय र २ टि–२० आई खेलेको छ। गत डिसेम्बरमा स्टकल्यान्डविरुद्ध खेलेयता उनले नेपाली टिमबाट खेलेका छैनन्।

एसियन गेम्सका लागि नेपाली टिमकाे बिदाइ गरिएकाे छ। एसियन गेम्समा नेपालले समूह चरणमा कमजोर मानिएका मंगोलिर र माल्दिभ्ससँग खेल्नेछ। नेपालले सेप्टेम्बर २७मा मंगोलिया र अक्टोबर १मा माल्दिभ्ससँग खेल्ने छ।

नेपाली टिम : विनोद भण्डारी, आसिफ सेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, सन्दीप लामिछाने र सागर ढकाल।

प्रकाशित मिति: ११:४० बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्