Kathmandu Press

प्रधानसेनापति शर्मा आज भारत जाँदै

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने छन् उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो ।
प्रधानसेनापति शर्मा आज भारत जाँदै

काठमाडौं, असोज ७ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गर्दै छन् । इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।
 
१३ औं संस्करणको उक्त कन्फ्रेन्स असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।  

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने छन् उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो ।

Hardik ivf

सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ । 

आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिकरआतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ । 

सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्