नेपाल प्रहरी श्रीमती संघद्वारा स्वयम्भू परिसर सरसफाइ
यसभन्दा अगाडी विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम आयोजना गरिएको थियो।
काठमाडौं, असाेज ६ : 'सेवा नै धर्म हो' भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको 'सामाजिक उत्तरदायित्व क्रियाकलाप'अन्तर्गत स्वयम्भू महाचैत्य विहार परिसर, स्वयंम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरिएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाई तथा संरक्षण कार्यक्रमको अन्र्तगत आज आज स्वयम्भू परिसर सरसफाई गरिएको नेपाल प्रहरीले संघले जनाएको छ। यसभन्दा अगाडी विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम आयोजना गरिएको थियो।
सरसफाइमा, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरको नेतृत्वमा श्रीमती संघका पदाधिकारीहरु, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरु, स्वयम्भू प्रहरी वृत्त, प्रहरी कर्मचारी, स्थानिय जनप्रतिनिधि तथा स्थानिय सहभागि थिए।
प्रकाशित मिति: १६:५० बजे, शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












