१५ लाख ८७ हजार नक्कली नोटसहित दुईजना पक्राउ
इटहरी उपमहानगरपालिका ६ स्थित एक होटलबाट नक्कली नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
विराटनगर, असाेज ५ : सुनसरीको इटहरीबाट १५ लाख ८७ हजार नक्कली नोटसहित इटहरीबाट दुईजना पक्राउ परेका छन्।
इटहरी उपमहानगरपालिका ६ स्थित एक होटलबाट नक्कली नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा संखुवासभा घर अजय राई र विवेक राइलाई पक्राउ गरेको प्रहरी निरीक्षक कैलाश चौधरीले बताए।उनीहरुको साथबाट १ हजार रुपैयाँका १६ बन्डल नोट फेला परेको छ।
इटहरीमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। त्यस क्रममा शंका लागेर खानतलासी गर्दा ती व्यक्तिहरु नक्कली नोटसहित पक्राउ परेका हुन्। जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए।
इटहरीसहित सुनसरीका विभिन्न व्यापारिक केन्द्रहरुमा नक्कली नोट पाइन लागेपछि सुक्ष्म रुपमा निगरानी भइरहेको प्रहरीले जनाएको छ।












