Kathmandu Press

केडीसी अस्पताल बसुन्धारामा थपियो आँखा उपचार सेवा 

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनरल सेवा बाहेक स्पेशल दन्त सेवा संगै रहेको अस्पतालमा अब आँखा उपचार सम्वन्धी स्पेशल सेवा थपिएको बताए । 
केडीसी अस्पताल बसुन्धारामा थपियो आँखा उपचार सेवा 

काठमाडौं, असोज ५ : बसुन्धरास्थित केडीसी अस्पतालमा आँखा उपचार सेवा थपिएको छ । अस्पतालले बीएम फाउन्डेशन र टिपिवी फाउन्डेशनको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । 

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनरल सेवा बाहेक स्पेशल दन्त सेवा संगै रहेको अस्पतालमा अब आँखा उपचार सम्वन्धी स्पेशल सेवा थपिएको बताए । 

Hardik ivf

झण्डै एक महिना देखि नेत्र विशेषज्ञहरुद्धारा आँखा सम्वन्धी सबै उपचार सेवा प्रदान हुने श्रेष्ठले बताए । अस्पतालमा शनिबार बाहेक हप्ताको छ दिन विहान ९ बजे देखि बेलुका ६ बजेसम्म आँखा उपचार सेवा उपलव्ध हुँदै आएको छ । प्रत्येक शुक्रबार निशुल्क आँखा परीक्षण हुन्छ भने, अन्य दिन १५० रुपैयाँमा विशेषज्ञ सेवा उपलव्ध हुन्छ । 

नेत्र विशेषज्ञ डा ज्योति बास्तोला पौडेलले केन्द्रमा आँखा सम्वन्धी सबै परीक्षण तथा उपचार हुने बताइन् । ओपिडी, दृष्टिदोष, चस्मा जाँच, यूभिआई रेटिना जाँच लगायत मधुमेह तथा उच्च रक्तचापका बिरामीको आँखाको पर्दा जाँच लगायतका सबै जाँच हुन्छ  उनले भनिन् ।

केन्द्रमा कार्यरत बी अप्टोमेट्रिस रोहित यादवले, आँखाको डेढोपना, एलर्जीहरु कन्जन्टीबाइटीस, जलविन्दु, मोतिविन्दु, भिजन थेरापी, मेसिनद्धारा आँखाको पावर जाँच लगायतका कामहरु भइरहेको बताए । 
 

प्रकाशित मिति: ०८:४७ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्