सामुदायिक विद्यालयको अनुगमनमा निस्कियो महानगर
महानगरले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोलीलाई विद्यालयको अनुगमनमा खटाएको छ। टोलीले काठमाडौं महानगरभित्र विद्यालय बन्द रहेको वा पठनपाठन भइरहेको अवस्था बुझ्ने भएको छ।
काठमाडौं, असोज ४ : शिक्षक आन्दोलनका कारण सरकारी तथा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएपछि काठमाडौं महानगरपालिका विद्यालयको अनुगमनमा निस्किएको छ। काठमाडौं महानगरभित्र ८९ वटा सामुदायिक विद्यालय छन्।
यसअघि विद्यालय बन्द गरेको भेटिएमा कारबाही गर्ने चेतावनीसहित विद्यालयहरुलाई सर्कुलर गरिएको थियो। महानगरले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोलीलाई विद्यालयको अनुगमनमा खटाएको छ। टोलीले काठमाडौं महानगरभित्र विद्यालय बन्द रहेको वा पठनपाठन भइरहेको अवस्था बुझ्ने भएको छ।
महानगरले विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक र शिक्षकहरुलाई कारबाहीको चेतावनी दिएको छ। नगरप्रहरीले काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयको अनुगमनपछि महानगरको शिक्षा विभागलाई प्रतिवेदन दिने जनाइएको छ। शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ।
प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












