Kathmandu Press

तीन करोड ८२ लाख रुपैयाँ ठगी अभियोगमा म्यानपावरविरुद्ध मुद्दा 

तीन करोड ८२ लाख रुपैयाँ ठगी अभियोगमा म्यानपावरविरुद्ध मुद्दा 

काठमाडौं, असोज ४ : तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा वैदशिक रोजगार विभागले विस एचआर सेलुसन म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ।

विभागले ४३ जनालाई ठगी गरेको अभियोगसहित विस म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुबाट वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम त्यस रकमको हर्जाना, बिगो र सोको ५० प्रतिशतले हुन दिलाइ÷भराइ पाउनुपर्ने मागदाबी न्यायाधिकरण समक्ष गरिएको छ।

विभागले उक्त म्यानपावरको इजाजतपत्रसमेत खारेज हुने निर्णय गरेको छ। विभागका अनुसार विस म्यानपावरले पोल्यान्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिकालगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाइने नाममा ठगी गरेको छ। ४३ जनासँग तीन ३ करोड ८२ लाख रुपैयाँ उठाएको जनाइएको छ। 
 

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्