Kathmandu Press

देशभरका विद्यालय बन्द गरेर आन्दोलनका लागि शिक्षकहरू राजधानीमा

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो ।
देशभरका विद्यालय बन्द गरेर आन्दोलनका लागि शिक्षकहरू राजधानीमा

काठमाडौं, असोज ४ : आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । 

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो ।

Hardik ivf

आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघले जनाएको छ । 

हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।  

आन्दोलनको पहिलो दिन हिजो  ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासंघको दाबी छ । 
 
प्रकाशित मिति: ०८:०८ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्