Kathmandu Press

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

मन्त्री साउदले भने, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।” बुधबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राखेका हुन् ।
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

न्यूयोर्क, असोज ४ : परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

मन्त्री साउदले भने, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।” बुधबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राखेका हुन् ।

Hardik ivf

उनले भने, “हामीहरु सबै एसियाली क्षेत्रका सदस्यसँग यसको उद्देश्यअनुसार काम गर्न तयार छौँ, साथै यसले आत्मसात् गरेका मुख्य विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहमत छौँ ।”

अठार देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको ‘एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो ।  

प्रकाशित मिति: ०८:०१ बजे, बिहीबार, असोज ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्