Kathmandu Press

यू–१९ साफ च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

बुधबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक सुनिल श्रेष्ठले समूह विजेताका रुपमा सेमिफाइनल पुग्ने र उपाधि जित्ने लक्ष्य रहेको बताए।
यू–१९ साफ च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

काठमाडाैं, असाेज ३ : यू–१९ साफ च्याम्पियनसिप फुटबल भोलिबाट नेपालमा सुरु हुँदैछ। नेपालले घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको छ।

बुधबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक सुनिल श्रेष्ठले समूह विजेताका रुपमा सेमिफाइनल पुग्ने र उपाधि जित्ने लक्ष्य रहेको बताए।

Hardik ivf

‘हाम्रो लक्ष्य भनेको हरेक खेल जित्दै जाने, समूह विजेता बन्दै उपाधि जित्ने लक्ष्य हो’, उनले भने। उनले टिममा राम्रा खेलाडी भएको बताउँदै उपाधि लक्ष्य भएको बताए।

नेपालले पहिलो खेल बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग खेल्ने छ। त्यसअघि उद्घाटन खेलमा भारत र बंगलादेश भिड्ने छन्।

नेपालका कप्तान जियारथ शेखले पनि तयारी राम्रो भएको बताएका छन्। उनी भन्छन्,  ‘हाम्रो तयारी राम्रो भइरहेको छ। आशा छ, भोलिको खेल पनि राम्रो हुनेछ।’

नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै उपाधि जितेको थियो।

नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको लागि एन्फाले भीआईपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ १०० टिकट मूल्य राखेकाे छ।

प्रकाशित मिति: १५:४० बजे, बुधबार, असोज ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्