Kathmandu Press

एसियन गेम्सबाट बाहिरियो नेपाली पुरुष भलिबल टिम

औपचारिक उद्घाटनअघि नै सुरु भएको भलिबलमा नेपाल लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको हो।
एसियन गेम्सबाट बाहिरियो नेपाली पुरुष भलिबल टिम

काठमाडाैं, असाेज ३ : नेपाली पुरुष भलिबल टिम एसियन गेम्सको समूह चरणबाटै बाहिरिएको छ। औपचारिक उद्घाटनअघि नै सुरु भएको भलिबलमा नेपाल लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको हो।

बुधबार भएको खेलमा नेपाली टिम इरानसँग ३–०को सोझो सेटमा पराजित भयो। चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा पहिलो सेट २५–९ले गुमाएको नेपालले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१३ ले गुमायो। इरान डिफेन्डिङ च्याम्पियन हो।

Hardik ivf

यसअघि नेपाल मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो।

प्रतियोगितामा सहभागी कुल टिमलाई छ समूहमा विभाजन गरिएको छ । र, प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन्।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, असोज ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्