Kathmandu Press

‘कोसी प्रदेश’ खारेजीको माग गर्दै पहिचानवादीको र्‍याली र विरोध सभा 

विरोधसभामा जनमुक्ति पार्टीका महासचिव पदमा जबेगुले भने शक्ति उन्माद त्यागेर पहिचानवादीको माग पूरा गर्न माग गरे। जबेगुले आन्दोलन गणतन्त्र र कुनै जातिविरुद्ध नभएर पहिचानका लागि भएको पनि बताए।
‘कोसी प्रदेश’ खारेजीको माग गर्दै पहिचानवादीको र्‍याली र विरोध सभा 

विराटनगर, असोज २ : कोसी प्रदेशको नाम खारेज गर्न माग गर्दै पहिचानवादीले मंगलबार विराटनगरमा र्‍याली र विरोधसभा गरेका छन्। 
पहिचानवादीले सुनसरीको इटहरीबाट र्‍याली निकालेका थिए। र्‍याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोधसभामा परिणत भएको हो।

विरोधसभामा जनमुक्ति पार्टीका महासचिव पदमा जबेगुले भने शक्ति उन्माद त्यागेर पहिचानवादीको माग पूरा गर्न माग गरे। जबेगुले आन्दोलन गणतन्त्र र कुनै जातिविरुद्ध नभएर पहिचानका लागि भएको पनि बताए। 

Hardik ivf

विरोध सभामा कोशी नामकरणमा मतदान गर्ने ८२ जना सांसदविरुद्ध नाराबाजी समेत गरिएको थियो। विरोध सभामा दलित अभियन्ता नरेश विश्वकर्मा, जसपा किरात समितिका रमेश राई, पहिचानवादी नेता कमल तिगेला, नेपाल आदिवासी जनजाति महासंघका प्रदेश उपाध्यक्ष युवराज जिरेल, लाक्पा शेर्पा लगायतले बोलेका थिए।

पहिचानवादीको आन्दोलनलाई लक्षित गर्दैस्थानीय प्रशासनले प्रदेश राजधानी विराटनगरका विभिन्न भागमा निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, असोज २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्