Kathmandu Press

कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड

कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड

चितवन, असोज २ : नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना एवं संविधान दिवस, २०८० को सन्दर्भमा आयोजित विचार गोष्ठीमा वत्ताले कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन्। देशले प्राप्त गरेको सबै उपलब्धिको नेतृत्वकर्ता कांग्रेस संगठित भएर अघि बढ्नु पर्नेमा उहाँहरुको जोड थियो।
 
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मीले गुटउपगुट छाडेर कांग्रेसलाई संगठित बनाउनु पर्नेमा जोड दिए। जिल्ला सभापति राजेश्वर खनालले संविधानको रक्षाका लागि कांग्रेस सधैं एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा स्व। गणेशमान सिंहको जीवनीको बारेमा प्रकाश पार्दै डा ईश्वरी लौडारीले परिवर्तनका संवाहकका रुपमा सिंहलाई लिन सकिने बताए। सिंहले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको पनि उनले चर्चा गरे।

पूर्वन्यायाधीश नन्दलाल महतोले समावेशिता नहुँदा आफूजस्ता २८ न्यायाधिशले बीचमै जागिर छोड्नु परेको उल्लेख गर्दै अब आफूले जस्तो अन्याय कसैले भोग्न नपर्ने बताए। सोही अवसरमा अधिवक्ता उद्धव लोहनीले वर्तमान संविधानले दिएको उपलब्धीका बारेमा चर्चा ग्रेका।

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, असोज २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्