Kathmandu Press

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से ६९.५६ अंकले बढ्यो

काठमाडौं, फागुन ११ : साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ३ अर्ब ६० करोड ८५ लाख बराबरको शेयर किनबेच भएको छ। यो हालसम्मकै उच्च कारोबार रकम ....

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से ६९.५६ अंकले बढ्यो

काठमाडौं, फागुन ११ : साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ३ अर्ब ६० करोड ८५ लाख बराबरको शेयर किनबेच भएको छ। यो हालसम्मकै उच्च कारोबार रकम हो। 

बढ्दो बजारमा कारोबार रकम पनि बढेकाले शेयर बजारमा खरिदकर्ताको चाप बढेको संकेत गर्दछ र यसलाई सकारात्मक मानिन्छ।  आज नेप्से परिसूचक ६९ दशमलव ५६ अंकले अर्थात ४ दशमलव ८५ प्रतिशतले बढेर १५०४ दशमलव १४ को विन्दुमा बन्द भएको छ। 

नेप्सेका सबै उपसूचकमा वृद्धि भएकाले यसलाई शेयर बजारमा सकारात्मक मानिन्छ। ट्रेडिङ्ग ८ दशमलव २५ र बैंकिङ ७ दशमलव १५ प्रतिशतको वृद्धि रहेको छ। 
१४३५ दशमलव ८७ को विन्दुमा खुलेको दोस्रो बजार १५०९ दशमलव ९२ को उच्च विन्दुसम्म पुगेको थियो। 

Hardik ivf

बजारको अवस्था  

सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको १२ करोड ५६ लाख बराबरको शेयर किनबेच भएको छ। 

सर्वाधिक कमाउने र गुमाउने 
आज फस्ट माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले कमाए भने तारागाउँ रिजेन्सी होटलका शेयरधनीले सर्वाधिक ५ दशमलव ६९ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार बजार सकारात्मक रहेको देखिन्छ। र, बजारले अब १४४० देखि १४६० को प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ भनिएको थियो। आज बजारले यो प्रतिरोध क्षेत्रलाई बजार खुलेको १० मिनेटमै तोडिसकेको थियो। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले ‘बुलिस मारुबोजु’ आकृति बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गर्नुका साथै अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको परिणामले मैनबत्तीलाई समर्थन गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज पनि बढ्दो प्रवृत्तिमा रहेको छ। २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६६ दशमलव ५७ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा बजार सकारात्मक रहेको देखिन्छ। यदि बजार १५१० भन्दा माथि स्थिर रहेमा अझ सकारात्मक हुन सक्ने देखिन्छ। अर्को तत्कालीन सामान्य प्रतिरोध १५२० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १४८० भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ। 
 

प्रकाशित मिति: १९:०८ बजे, आइतबार, फागुन ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्