Kathmandu Press

टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना

टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं, असोज १ : अखाद्य वस्तु बेचेको पाइएपछि काठमाडौं महानगरपालिकाले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

काठमाडौं महानगर-१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।

Hardik ivf

बजार अनुगमनका क्रममा वडा १७ मा रहेकाे साे पसलले उत्पादन गरेकाे दूधबरी बिग्रिएको पाइएकाले जरिवाना तिराइएको महानगरले जनाएको छ। दूधबरी बनेकाे लटका सबै परिकार बजारबाट फिर्ता ल्याएर नष्ट गर्न पसल सञ्चालकलाई निर्देशन दिइएकाे पनि बताइएकाे छ।

आउने दिनमा पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीका बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश दिइएको महानगरले जनाएकाे छ।

 

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, असोज १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्